सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

कांग्रेसले समसामयिक राजनीतिबारे धारणा सार्वजनिक गर्ने

कांग्रेसले समसामयिक राजनीतिबारे धारणा सार्वजनिक गर्ने

काठमाडौं २० पुस । समसामयिक राजनीतिक परिस्थितिबारे नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्दैछ । साथै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटिएका प्रचार समितिका सदस्य लगायतलाई कांग्रेसले धन्यवाद ज्ञापनसमेत गर्दैछ ।

त्यसका लागि आज दिउँसो ३ बजे पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रवक्ता महतले गत मंसिर ४ को निर्वाचन र अहिलेको समसामयिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend