सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सपना बहुउद्देश्यीय सहकारीको पच्चिसौँ साधारणसभा सम्पन्न

सपना बहुउद्देश्यीय सहकारीको पच्चिसौँ साधारणसभा सम्पन्न

 

काठमाडौं । सपना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।पुष १५ गते शुक्रबार  सम्पन्न साधारणसभामा सहकारीका अध्यक्ष प्रज्वल थान्जुले आफ्नो संस्था नेपाल केन्द्रिय उपभोक्ता संघ र राष्ट्रिय सहकारी बैंकमा समेत आवद्ध रहेर सक्रिय रूपमा सहकारी अभियानमा सहभागिता जनाउँदै आएको बताए ।

साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष थान्जुले प्रस्तुत गरेका संस्थाको आ.व.२०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात,लेखा र सुपरिवेक्षण प्रतिवेदन ,नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरण पनि सभाबाट पारित भए।

हाल काठमाडौं महानगरभित्र रहेको कार्यक्षेत्र विस्तार गर्दै भक्तपुर र ललितपुरलाई समेत समेटने अध्यक्ष थान्जुले सभामा बताए ।

आ.व.२०७८/७९ मा शेयर पूंजी रु.२०,९२३,२००.०० रहेको संस्थाले सदस्यहरुलाई रु.३,७८,१६९.७९ नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाबाट अनुमोदन गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend