सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

जसपाको आज संसदीय दलको नेता छान्न मतदान हुँदै, यी तिन सांसदहरु बीच कडा प्रतिस्पर्धा

जसपाको आज संसदीय दलको नेता छान्न मतदान हुँदै, यी तिन सांसदहरु बीच कडा प्रतिस्पर्धा

काठमाडौं १३ पुष । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदैछ । साढे २ बजेपछि एक घण्टा मतदानको समय तोकिएको प्रचार विभागले जनाएको छ ।

मतदान सकिए लगत्तै गणना सुरु गर्ने र अन्तिम परिणाम पनि तुरुन्तै गरिनेछ । संसदीय दलको नेतामा जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदहरु राजकिशोर यादव र नवलकिशोर साह प्रतिस्पर्धामा छन् ।

तीन प्रतिस्पर्धीबीच सहमति जुट्न नसकेपछि मतदानबाट जसपाले दलको नेता छान्न लागेको हो । जसपामा १२ जना सांसद छन् । राईलाई तीन जना मात्र सांसदको मात्र समर्थन रहेको बुझिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend