नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आगामी पाँच वर्षभित्र घोषणापत्रमा उल्लेख भएबमोजिम प्रतिबद्धता पूरा हुने बताएका छन्। नेता गौतमले सरकार गठन भएको सात महिना मात्रै भएकाले अहिले नै परिणाम खोज्नु उचित नहुने बताए । चुनावका समयमा नेकपाले जारी गरेको घोषणापत्रअनुसार नै सरकारले काम गर्ने भन्दै उनले घोषणापत्रको लक्ष्य पाँच वर्षमा पूरा हुने बताए । जनताको आशा र अपेक्षा पनि बढिरहेको बताउँदै उनले प्रतिपक्षीमा रहेका दलले बढाई चढाई गरेर आलोचना गर्नाले पनि सरकारको विरोध भइरहेको बताए । सरकारको कामप्रति जनताको गुनासो रहेको र स्थानीय तहमा पनि धेरै कर लगाए भन्ने गुनासो जनताले गरेको भन्दै उनले यी सबै कुरा विस्तारै हट्दै जाने समेत बताए । पाटीभित्रको असन्तुष्टिका विषयमा बोल्दै उनले यो घर भित्रको सामान्य कुरा मात्रै भएको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend