सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ।

सोमबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको एक नेताले बताए।‘पदाधिकारी बैठकले गरेको यो निर्णय सत्ता गठबन्धनको बैठकमा पनि पेश हुनेछ,’ उनले भने।

प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिउँसो ४ बजे शपथ लिँदैछन्। आजै सानो आकारको मन्त्रीमण्डल बनाउने प्रचण्डको तयारी छ। १ सय ६९ सांसदको समर्थन पाएका प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend