काठमाडौं ,७ पौष । पोखरालाई आन्तरिक तथा बाहय पर्यटनको “अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थल” को रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले २४औं पोखरा सडक महोत्सव आयोजना हुने भएको छ।
रेस्टुरेन्ट एण्ड बार एशोसियशन(रेवान) ,पोखराले २४औं संस्करणको पोखरा सडक महोत्सव गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। पौष १३ देखि १७ सम्म पोखराको लेकसाइड क्षेत्रको करिव ३ किलोमिटर क्षेत्रमा महोत्सव हुनेछ । फिस्टेल गेट देखि खहरे चोक हुँदै जरेवर लेकसाइड सम्म महोत्सव हुनेछ ।
महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु,मौलिक भेषभुषा प्रदर्शनी ,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी ,दोहोरी गीत प्रतियोगिता रात्रिकालिन कन्सर्ट लगायतका गतिविधि समावेश छन ।
महोत्सवबाट कोरोना महामारीपछि लयमा फर्कन थालेको पर्यटन व्यवशायमा सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend