काठमाडौं १६ मंसिर । महानगरमा संचालित सहकारीप्रती सदस्यहरुको असन्तुष्टि ,अविश्वास र उजुरी बढदै गएको पाइएको छ । काठमाडौं महानगर पालिकाको क्षेत्राधिकार भित्र १ हजार ९ सय ५५ वटा सहकारी संस्था छन् ।
जसमध्ये १ सय १८ सहकारी संस्था विरुद्ध सदस्यहरुले बचत फिर्ता नदिएको भन्दै उजुरी दिएका छन् । उक्त १ सय १८ सहकारी संस्था मध्ये ७१ वटा सहकारी महानगर आफैले हेरिरहेको छ भने बाँकी ४७ वटा सहकारी संस्थाका उजुरी नेपाल प्रहरीलाई कारबाहीको लागि पठाएको छ ।
महानगरले हेरिरहेको सहकारीका उजुरीहरुमा बचत फिर्ता, व्याज मिलान, लिलाम व्यवस्थापन, अध्यक्षको मनोमानी कारोबार, स्टेटमेन्टमा कम रकम उल्लेख गरेको, साधारण सभा नबोलाएको, कार्य समिति विवाद, लेखा समिति विवाद, ऋण असुली जस्ता विषय रहेका छन् । त्यस्तै घर भाडा नतिरेको, ऋण तिर्दा पनि धितो फुकुवा नगरिदिएको समस्या महानगरले हेरिरहेको छ ।
कुल १ हजार ९ सय ५५ मध्ये चालु आर्थिक वर्षमा १ सय ८५ वटा सहकारी संस्था मात्र अद्यावधिक भएको काठमाडौं महानगर सहकारी विभागले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend