सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कतारमा मर्करी मिना कम्पनीले प्रवासी श्रमिक माथि चरम श्रम शोषण

कतारमा मर्करी मिना कम्पनीले प्रवासी श्रमिक माथि चरम श्रम शोषण

काठमाडौं– कतार नेपाली यूवाहरुको रोजगारीको गन्तव्य हो । काम गर्नकै लागी नेपाली यूवाशक्ति बिभिन्न देशमा जाने क्रम दिन प्रति दिन बढदो छ । बिदेशमा केही नेपालीे ले राम्रो आम्दानी गरे पनि धेरैले भने कारुणिक जिबन बिताउन बाध्य छन् । यस्तै एम्नेस्टी इन्टरनेसनलको एक नयाँ अनुसन्धानले सन् २०२२ को फिफा विश्वकपको संरचना निर्माणको जिम्मा पाएको एक इञ्जिनियरिङ्ग कम्पनीले ठुलो संख्याका आप्रवासी श्रमिकहलाई शोषण गरेको सार्वजनिक गरेको छ ।

मर्करी मिना नामक सो कम्पनीले आफ्ना श्रमिकहरुको तलव र रोजगारी बापत दिनुपर्ने अन्य सुविधा बापतको हजारौँ डलर भूक्तानी नगरी उनीहरुलाई कतारमा अलपत्र र बेखर्ची अवस्थामा पुर्याएको एम्नेस्टीको दावी छ ।
एम्नेस्टीले मर्करी मिनाका पूर्व श्रमिकहरुले पाउनु पर्ने रकम उनीहरुलाई दिलाउन कतार सरकारलाई आग्रह पनि गरेको छ । त्यस्तै एम्नेस्टी इन्टरनेसनल र अन्यले सन् २०१३ देखि दस्तावेजीकरण गरे बमोजिम श्रमिकहरु उपर शोषण गर्न कयौँ कम्पनीहरुलाई अवसर दिने “कफाला” प्रणालीमा आधारभूत सुधार गर्न पनि कतारसँग आह्वान गरेको छ ।
“सन् २०१७ मा श्रम सुधारको घोषणा गरे पश्चात् कतार सरकारको ठूलो प्रशंसा भएको थियो । तर त्यस्तै अक्टोवर २०१७ देखि अप्रिल २०१८ को बीचमा एम्नेस्टी इन्टरनेसनलले मर्करी मिनाका ७८ जना भारतीय, नेपाली र फिलिपिनी पूर्व श्रमिकहरुसँग अन्तर्वार्ता लिएर प्रतिवेदन तयार गरेको जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend