सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ठूलो मेहनत र सङ्घर्षपछि राजनीतिक स्थिरताः ‘प्रचण्ड’

ठूलो मेहनत र सङ्घर्षपछि राजनीतिक स्थिरताः ‘प्रचण्ड’

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धेरै ठूलो मेहनत र सङ्घर्षपछि राजनीतिक स्थिरताको वातावरण बन्न थालेको बताएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी संघको १५ औँ वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै प्रचण्डले सरकारको कामको गम्भीर समीक्षा गरी थप प्रभावकारी बनाउन लागिपरेको समेत बताए ।
उनले अबको दशकसम्म आर्थिक क्रान्तिको स्वर्णिम युग रहेको तर, गलत संस्कार तथा नेतृत्वको कमजोरीले जनतामा निराशा आउने हो कि भन्ने चिन्ता पनि बढेको उल्लेख गर्दै त्यसलाई समृद्धिको आशामा परिणत गर्न ठूला लक्ष्य राखेर सङ्कल्पका साथ सबै एकताबद्ध भएर लाग्नुको विकल्प छैन भने ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend