सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अन्यायबाट मुक्त बनाउन काँग्रेस बलियो शक्तिको रुपमा स्थापित हुन जरुरीः सभापति देउवा

अन्यायबाट मुक्त बनाउन काँग्रेस बलियो शक्तिको रुपमा स्थापित हुन जरुरीः सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैली प्रति असन्तुष्ट व्यक्र गरेका छन् । सभापति देउवाले बर्तमान सरकार अधिनायकवाद तर्फ उन्मुख भएको उनको बताए । सभापति देउवाले मुलुकलाई सबै खालको अन्यायबाट मुक्त बनाउन काँग्रेस बलियो शक्तिको रुपमा स्थापित हुन जरुरी रहेको उल्लेख गर्दै राष्ट्रिय हितका लागि पार्टीको स्वार्थ अनुकूल अघि बढन पनि नेता, कार्यकर्तालाई आह्वान गरे ।

पार्टीको विधान संशोधन प्रारिम्भक मस्यौंदामा सुझाव संकलनका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रलाई सबै खालको अन्यायबाट मुक्त गराउने कामको नेतृत्व लिने बेला पार्टीका नेता, कार्यकर्ताहरुले विगतमा कुरामा अलमलिएर बस्न नहुने पनि स्पष्ट पारे ।

सभापति देउवाले मुलुकका लागि अत्यन्तै राम्रो संविधान बनाउने नेतृत्व लिएको काँग्रेसले पार्टीको विधान पनि अत्यन्तै राम्रो बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए । सभापति देउवाले संविधानलाई आधार बनाएर पार्टीलाई बलियो बनाउने गरी विधान संशोधन प्रस्ताव तयार पार्न पनि विधान संशोधन मस्यौंदा समितिलाई सचेत गराए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend