सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अन्सारीे हत्यारामा सरकार गम्भिर गृहमन्त्रीः बादल

अन्सारीे हत्यारामा सरकार गम्भिर गृहमन्त्रीः बादल


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीका खुर्शिद अन्सारी हत्याको घटनालाई आफूले गम्भीरतापूर्वक लिएको बताएका छन् । गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका प्रतिनिधिमण्डलसँगको भेटमा उनले घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कारवाहीको दायरमा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री थापाले घटनालाई गम्भीरता रुपमा लिएको बताउदै जो सुकै भए पनि कारवाहीको दायरामा ल्याएर छाड्ने उनको दावी छ । उनले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउँदै उनीहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने प्रस्ट पारे । मन्त्री थापाले मृतक अन्सारीप्रति श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गर्दै मृतकका आफन्त तथा स्थानीयवासीलाई संयमित हुनसमेत आग्रह गरे ।

सङ्गठनका प्रतिनिधिले मुस्लिम समुदायका अगुवामाथि विगत वर्षदेखि भइरहेका आक्रमणकै शृङ्खलाका रुपमा यो घटना भएको बताउँदै दोषीलाई तत्काल पक्राउ गर्नुपर्नेमा जोड दिए । मुस्लिम समुदायको सुरक्षामा सरकार गम्भीर हुनुपर्नेमा पनि उनीहरुले जोड दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend