काठमाडौं । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा हालै राष्ट्रियस्तीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ७ तै प्रदेशका २५० खेलाडीहरुले भाग लिएका थिए ।
देशका विभिन्न जिल्लाबाट सहभागी खेलाडीले प्रतिश्पर्धामा भाग लिएको प्रतिश्पर्धामा चितवन ५ स्वर्ण पदक र एक रजत पदक हात पारी पहिलो भयो। काठमाडौंले ५ स्वर्ण पदक जितेर दोस्रो भयो त्यसैगरी र तेस्रो स्थानमा भक्तपुरले ३ स्वर्ण र एक रजत हात र्पायो।
त्रिपुरेश्वरको रंगशाला कभर्डहलमा सम्पन्न एक दिवसीय प्रतियोगितामा १६ तौल समूह र ४ पुम्सेमा गरी २० समूहमा प्रतिस्पर्धा भएको थियो। २० स्वर्ण, २० कास्य, ४० रजतको उपाधि प्रतिस्पर्धामा ललितपुरका साजन महर्जन पुरुषतर्फ र रुपन्देहीकी समीक्षा बुढाथोकी महिलातर्फ उत्कृष्ट खेलाडी सावित भएका थिए ।
प्रतियोगितका उत्कष्ट खेलाडीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले सम्मानसहित स्वर्ण,कास्य र रजत पदक प्रदान गरेका थिए। पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रतिस्पर्धाको उद्घाटन गरेका थिए ।
तेक्वान्दो प्रतियोगिता काठमाडौं जिल्ला कार्य समितिका अध्यक्ष विनय महतको सभापतित्वमा सम्पन्न भएको थियो। उक्त राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धामा राष्ट्रिय तेक्वान्दो संघ नेपालका राष्ट्रिय महासचिव राजकुमार कार्की, जनचेतना नेपालका अध्यक्ष एवं राष्ट्रिय तेक्वान्दो संघ काठमाडौं जिल्लाका उपाध्यक्ष वालकृष्ण निरौला, काठमाडौं जिल्ला कार्यसमितिका सचिव रोशन वोहोरा, संचारकर्मी तेजेन्द्र काफ्ले,जनचेतना नेपालकी सचिव आश्मा घिमिरे, खेलकुद पत्राकार श्रीविक्रम भण्डारी र असिन मिडिया प्रालिका निर्देशक रेवतीरमण खनालको पनि सहभागिता रहेको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend