काठमाडौँ १४ कात्तिक । नेपालभाषाका चार खम्बामध्येका एक मा। जगतसुन्दर मल्लको १४०औँ जन्मजयन्ती जगत सुन्दर ब्वनेकुथीले आइतबार मनाएको छ। मातृभाषाको माध्यमबाट शिक्षारम्भ गरेमा छिटो शिक्षित भइन्छ भन्ने उहाँको मान्यताअनुसार जगतसुन्दर ब्वनेकुथी स्थापना भएको हो।
कार्यक्रममा नेवार जातिको मौलिकता झल्किने शुभकामना कार्ड बनाउने, मन्दःको चित्र बनाउने र मल्लद्वारा नेपालभाषामा अनुवाद गरिएको इसपको लघुकथा वाचन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीलाई पूर्व प्रदेश सभासद् राजेश शाक्यले पदक तथा सम्मानपत्र प्रदान गर्नुभयो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend