बिष्णु प्रसाद शर्मा,
नेपाल देश यस्तो हो । प्राकृतिक, धार्मिक, साँस्कृतिक, सबै कुराले भरिपूर्ण भएको छ । यो देश भित्र प्रबेश पाउने जो कोही पनि मनमोहक दृश्यहरुको अवलोकन पछि उसले सबै बिर्सन्छ र केवल नेपालबाट पाएको अनौंठो खुशीलाई मात्रै आफ्नो मनमष्तिकसमा सजाउन पुग्दछ ।
बिगत ३४ बर्ष देखि नेपाल भूमिमा पिशाचले प्रबेश पाएको कुरा सारा नेपालीलाई राम्रै संग ज्ञान छ । दलीयता अर्थात् प्रजातन्त्र आफैमा नराम्रो ब्यवस्था होइन, प्रजातन्त्रले नपुगेर लोकतन्त्र र गणतन्त्रको खोजि भयो । यो नेपाली जनताको चाहना अनि आबश्यकता किमार्थ थिएन, होइन र छैन । यो ब्यवस्था भित्र रमाउने केही दलका पिठ्ठू तर बिदेशी पुन्कीले बाँच्न मनपराउने अनि नेपाल देशमा छिरेर चीनलाई ध्वस्त बनाउने खेल पश्चिमाहरुका लागी अति नै उत्तम थियो । जनताले बुझन सकेनन् र अझै बुझने चाहनामा देखिदैनन् । काठमाडौंका जनता र धरानका जनताले दलीयता भनेको कुष्ठ रोग रहेछ भनेर ७९ बैशाख ३० को चुनावमा भिन्न- भिन्न मत दिएका थिए । उम्मेदवार होनाहार थिए । छनौंट परिपक्क थियो । बिडम्वना काठमाडौं महानगरपालिकाका मेयर पदमा निर्वाचित बालेन्द्रको कार्यशैली धरमरायो । उनले श्रीमतीलाई कुर्सि दिए यो पहिलो नून चर्को भएको उनका ६२ हजार मतदाताले महसुस गरे । क्रमिक रुपले भेटघाटमा सरिक रहे । त्यो आफैमा नराम्रो त थिएन तर देशको गद्यार, साइदुवा र एस डि मुनीका हलि सम्मलाई भेटेर फोटो खिचाउन भ्याय । ३२ वडाका सबै वडा अध्यक्षहरु दलीयताका धमिरा थिए भन्ने कुरालाई ख्याल गर्नै सकेनन् र फोहोर मैलाको ब्यवस्थापन वडा अध्यक्षहरुले आ-आफनो वडामा मिलाउन पर्दछ र महानगरले ब्यवस्थापनलाई बिसर्जन गर्न स्रोत साधनको जोहो गर्न पर्दछ अनि कर्मचारी लगायत वडाका वडाअध्यक्षहरुलाई कसरी जिम्मेवार बनाउन पर्दछ भनेर चुके । जनताले भनेका थिए बालेन्द्र नचुक नझुक ।
यो देशमा ३४ बर्षमा धेरै चुनावहरु भएका छन । जनताले चुन्छन् जनताकै अपमान हुन्छ । यो नौलो कुरा थिएन । अपमान सहने जनताको बानी परिसकेको छ । दलीयतामा आबद्धता हुनेहरु सबै भ्रष्टाचारमा लिप्त छन् भने बिदेशीहरु भ्रष्टाचार गराएर आफनो लगानीमा स्वार्थ सिद्ध गराउन मै अडिग रहेको छ । तर यहाँ शिव शक्ति छ यो देशमा बिदेशी लगानी जति भए ता पनि भ्रष्टाचारमा नै सकिन्छ भने उनीहरुको लगानी बालुवामा पानी सोंचे झै सोंचिन्छ, हातमा लाग्यो शून्य । यो कुराको चीनले त अध्यन गरिराखेको छ तर दलीयता नेपालमा रहेसम्म म सुरक्षित रहने छैन भन्ने बुझि राखेको छैन र कुन शक्तिबाट मेरो देशको हित हुने हो भनेर बुझेको छैन । धरानका मेयर हर्कलाई दलीयताका धमिराले काम गर्न दिएका छैनन् भने काठमाडौंका मेयरलाई प्रधानन्यायाधिश चोलेन्द्रको हबिगतमा पुयाएर दलीयताले मात्रै काम गर्न पर्दछ भन्ने नजिर बनाउन चाहनेहरुबाट खेलाईदै छ । यो यथार्थ हो र यो नबुझेर चोलेन्द्र सकिए अब स्वतन्त्र पदमा बिजय हुनेहरुको पालो चुनेर पठाउने जनता हिस्स ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend