सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कर्जा प्रणालीमा आवश्यकता अनुसार खुकुलो र कडा नीति लिइनेः अर्थमन्त्री खतिवडा

कर्जा प्रणालीमा आवश्यकता अनुसार खुकुलो र कडा नीति लिइनेः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रणाली आवश्यकता अनुसार खुकुलो र कडा नीति लिइने बताएका छन् । राजधानीको भृकुटी मण्डपमा नाडा अटो शोको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले व्यापार घाटा बढाउन अटो मोबाइल क्षेत्रले पनि सहयोग गरेको बताउदै बैैंकिङ क्षेत्रको तरलताको समस्या समाधान गर्न सरकारले पहल गरिरहेको समेत बताए । कार्यक्रममा व्यावसायीले बैंकको कर्जामा कडाई हुँदा गाडीको बिक्रीमा कमी आएको गुनासो गरे ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले देशमा अर्थतन्त्र बुझेको अर्थमन्त्री आएको भन्दै खुसियाली मनाउँदै गर्दा अपेक्षाअनुसार काम नभएको उल्लेख गरिन्। देशको व्यापार घाटा बढ्यो भनिरहँदा सरकारले अटोमोवाइलको विकास तथा निर्माणको लागि केही सहुलियत दिनुपर्ने उनको भनाई छ ।

नाडा अटोमोवाइल्स एशोसिएसन् अफ नेपाल र ग्लोवल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा सुरु भएको नाडा अटो शो २०१८ को शीर्ष प्रायोजक सर्भो लुब्रिकेन्ट्स रहेको छ । भदौ ३१ गतेसम्म चल्ने मेलामा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्राण्डका २ पाङग्रे सवारीसाधनहरू प्रदर्श्निमा राखिने छन्। अटो शोमा यस वर्ष ७१ कम्पनीहरूको सहभागिता रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend