काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाल संग भारत भ्रमणको उपलब्धी बारेमा पनि छलफल गरको बताईएको छ । सो क्रममा दुई अध्यक्षले प्रचण्डको भारत भ्रमण सफल भएको निश्कर्ष निकालिएको प्रचण्डको सचिवालयले जनाएको छ । त्यसैगरी पार्टीका तल्ला कमिटिहरु र जबस–मोर्चाबीचको एकीकरण टुंग्याउन बुधवार बिहान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने निर्णय पनि दुई अध्यक्षले गरेका बताईएको छ । लामो समय देखी स्थायी कमिटीको वैठक बसालेर तल्ला तहका कमिटीहरुको पदको बारेमा छिनोफानो गर्ने भने पनि वैठक नै बस्न नसकेपछि अन्यौल भएको थियो । केही साता देखी जिल्ला अध्यक्ष लगायत पदमा गुटगत रुपमा पार्टी अध्यक्षको नाम सिफारिस गरेको भन्दै धेरै जिल्लामा बिवाद भएको अवस्था छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend