नेपाल दलित पार्टीका अध्यक्ष मेखबहादुर कामीले पछिल्ला दिनमा जघण्य अपराधका घटना बढ्दै गए पनि त्यसलाई नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । सो पार्टीले काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष कामीले राज्यले नै जघण्य अपराधीलाई संरक्षण गरिरहेको आरोप लगाए ।
उनले उनले कञ्चनपुरकी निर्मला पन्त लगायतका अन्य बलात्कारपछि हत्यामा संलग्नहरुलाई तुरुन्त कारवाहीको दायरामा ल्याउन माग पनि गरे ।अध्यक्ष कामीले नेपाल दलित पार्टीको आगामी राष्ट्रिय भेला आगामी असोज दोस्रो हप्ता हुने जानकारी दिए । उनले आगामी असोजको १६, १७ र १८ गते कास्कीको पोखरामा राष्ट्रिय भेला गरिने जानकारी दिए ।
सो भेलामा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने उनले बताए ।
सो पत्रकार सम्मेलनमा अध्यक्ष कामले पार्टीले आगामी राष्ट्रिय भेलापछि नयाँ रुप लिने दावी गरे । उनले राष्ट्रिय भेलाको सबै तयारी पूरा भइसकेको जानकारी दिए । सो पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा कैलालीकी माया विक र कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई जन्म कैदको माग गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend