नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अन्तत दिगम्बर झा नै नियुक्त भएका छन । उनलाई मन्त्रिपरिषद्को बैठकले झा लाई चार बर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अध्यक्षका आकांक्षी एक दर्जन भन्दा बढी भए पनि एक नम्बरमा झाको नाम छनौट भएको हो । झालाई यसअघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेकोमा केपी ओली नेतृत्वको सरकारले बर्खास्त गरेको थियो। सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका झाले एकाएक मुद्दा फिर्ता लिएर नेकपा सरकारलाई सहजीकरण गरिदिएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend