सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आगामी चुनावमा जनताले हिसाबकिताब गर्नु पर्छ

आगामी चुनावमा जनताले हिसाबकिताब गर्नु पर्छ

 

भक्त बहादुर के सी,

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नजिकिँदो छ। ४ मंसिरमा हुने चुनावका लागि राजनीतिक दलका नेताहरु आन्तरिक तयारीमा जुटिसकेका छन्। चुनावी रणनीति निर्माणमा नेताहरू व्यस्त देखिन्छन्। राजनीतिक र चुनावी अभियानको ‘डिजिटल मिडिया मार्केटिङ’परिचय उपकरण मान्न सकिन्छ । नयाँ उम्मेदवारहरूको सदस्यहरूलाई व्यवस्थित र संगठीत कार्यकर्ता र ब्यबस्थापकिय उम्मेदवार स्रोत साङलो जस्तो बनाई सकेको छैनन्। तर, अहिले डिजिटल–सोसियल मिडियाको माध्यमबाट भइरहेका चुनावी ‘क्याम्पियन’लाई नियालिरहेको छु ।

चुनावी प्रचार अन्य राजनीतिक दलका नेताहरूको भन्दा भिन्नै छ । पहिले आफ्ना चुनावी एजेन्डाहरू राख्न घोषणापत्र प्रकाशित गरेर घरदैलोमा जाने चलन बढी थियो । अहिले मत आफूतिर तान्न मान्छे नयाँ ‘प्लेटफर्म’ मा पनि जाने चलन बढेको छ । बढी प्रभावकारी अहिले डिजिटल मिडिया भएका छन् ।पहिले त रेडियो र टेलिभिजनका माध्यमबाट प्रचारप्रसार गरिन्थ्यो, तर अहिले युट्यूब च्यानलसहित ट्विटर, फेसबुक, टिकटकलगायत सामाजिक सञ्जाल यस्तोमा प्रयोग बढी प्रयोग हुन थालेका छन् । टेलिभिजन र रेडियोका लागि उत्पादन भएर प्रसारण भइसकेका सामग्री पनि डिजिटल मिडियामा राख्दा बढी प्रभावकारी हुने अवस्था आइसकेको छ । पहिले त रेडियो र टेलिभिजनका माध्यमबाट प्रचारप्रसार गरिन्थ्यो, तर अहिले युट्यूब च्यानलसहित ट्विटर, फेसबुक, टिकटकलगायत सामाजिक सञ्जाल यस्तोमा प्रयोग बढी प्रयोग हुन थालेका छन् । टेलिभिजन र रेडियोका लागि उत्पादन भएर प्रसारण भइसकेका सामग्री पनि डिजिटल मिडियामा राख्दा बढी प्रभावकारी हुने अवस्था आइसकेको छ ।मिडिया, सोसल मिडियाको खुबी प्रयोग गर्न राजनीति चुनावमा हाम्रो पार्टीको शक्ति देखिनेछ । आगामी चुनावमा जनताले हिसाबकिताब गर्नु पर्छ ।

निर्वाचन नागरिकले सही निर्णय लिनुपर्ने जटिल समय हो । मिडिया मार्फत पार्टीको सही जानकारी उम्मेदवार जानकारी र उद्देश्य प्रस्ट राख्न सक्नु पर्छ, चुनावमा नागरिकका अगाडि अनेकथरी राजनीतिक शक्तिहरू मतका लागि हारगुहार गर्न आउँछन्, आश्वासन बाँड्छन् र आफ्नो पक्षमा पार्ने हरसम्भव प्रयास गर्छन् । चुनावी माहोलमा राजनीतिक शक्तिले रचेका तमाम प्रपञ्चका अगाडि नागरिक रनभुल्लमा पर्ने अवस्था आउन सक्छ ।

निर्वाचनको समयका पत्रकारिताको यो भूमिका झन् व्यापक भएर आउँछ । धेरै खालका अलमल, राजनीतिक चलखेल र व्यापारिक स्वार्थबाट प्रदूषित लोकतन्त्रको दृष्टिले निर्वाचन लोकतान्त्रिक प्रक्रियाको एउट महत्वपूर्ण हिस्सा हो भने राजनीतिक शक्तिको आँखामा निर्वाचन शक्ति हत्याउने खेल हो ,चुनावमा मतदाताको सोचाइमा तुरुन्तै परिवर्तन ल्याउन साइबर प्रोपगान्डा चल्छ ।

सामाजिक सञ्जालहरूमा गलत सूचना राखी फलानो उम्मेदवारलाई भोट दिनुपर्छ भनिन्छ ।चुनाव प्रचार भनेको मतदाताको मस्तिष्कमा मिडिया मार्फत पार्टीको सही जानकारी उम्मेदवार जानकारी र उद्देश्य प्रस्ट राख्नु सक्नु पर्छ देशको लागि आवश्यकताहरु वर्तमान अवस्था भविष्यका योजनाहरू समेत मिडिया बाट जानकरी गर्न सकिने हुदा उपलब्धि मुलक पनि छ र आर्टिफिसियल इन्टेलिजेन्सले आफ्नो स्मार्ट कार्यक्षमताका साथ विश्व मञ्चमा राज गर्न थालेको छ, नेपालमा पनि बिगतका चुनाबि माहोल कब्जा गर्यो । आर्टिफिसियल इन्टेलिजेन्सले विश्वभरका धेरै उद्योगहरूको उत्पादकत्व र कार्यप्रवाहलाई राजनीतिलाई रूपान्तरण गरिरहेको कुरामा कुनै शंका छैन। विचार को राजनीतिमा सहज गरी भोट तान्नु हो ।

नेपालमा पनि चुनावमा साइबर आतंक बढ्दै गएको छ । यो डिजिटाइजेसनको युगमा चुनावी जालझेल धेरै तरिकाले हुन सक्छ । एक, सामाजिक सञ्जालमा गलत सूचना फैलाई जनताको एटिच्युडमा परिवर्तन गराएर । दुई, फेक आईडी, बुट एकाउन्टमार्फत ठूलो संख्याले यस्तो चाहन्छन् भन्ने कुप्रचार गरेर । तीन, ठूला डेटा सेन्टर किनी डेटा दुरुपयोग गरी जनताको मनोविज्ञानमा खेलेर  चार, जनताका व्यक्तिगत सूचनालाई अल्गोरिदमले व्याख्या गरी उनीहरूको मनोविज्ञान र एटिच्युड अनुसारका सस्ता एजेन्डा उठाएर, जुन पछि लागू हुँदैनन् । पाँच, विपक्षीका पुराना गतिविधिहरू सार्वजनिक गरिदिएर वा उनीहरूबारे गलत सूचना प्रसार गराएर  अचेल नेताका पुराना भिडियो, म्यासेन्जर कुराकानी, फोन रेकर्ड आदि भटाभट बाहिर आउन थालेका छन् । प्रतिद्वन्द्वीलाई खुइलाउने मूल साधन बनेको छ प्रविधि । छ, चुनावमा मतदाताको सोचाइमा तुरुन्तै परिवर्तन । मिडिया भन्ने जवाफ दिएका थिए ।सोशल मिडिया अर्थात् सामाजिक सञ्जाल वैकल्पिक राजनीतिक शक्ति बनाउन नसकिएको निष्कर्षसहित वैकल्पिक राजनीतिक शक्ति बनाउन नसकिएको निष्कर्ष छ सदुपयोग गर्दा धेरै उपलब्धि हुने हुदा दुरुप्रयोग नगरौ सदुपयोग गरौ

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend