सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अन्तर्रािष्ट्रय बजारमा पेट्रोलियम पदार्थको मुल्य बढेको कारण देखाउदै निगमको मूल्य बढाउने तयारी

अन्तर्रािष्ट्रय बजारमा पेट्रोलियम पदार्थको मुल्य बढेको कारण देखाउदै निगमको मूल्य बढाउने तयारी

अन्तर्रािष्टय बजारमा पेट्रोलियम पदार्थ र डलरको मूल्य बढेको भन्दै नेपाल आयल निगमले मूल्य समायोजनको गर्ने तयारी अगाडी सारेको छ । आयल निगमको कार्यालयमा पत्रकार सम्मेलन गदै यस्तो कुरा बताएको हो । निगमलाई आएको सूचीअनुसार मूल्य समायोजन हुने समय १५ दिनमा ३१ करोड ५९ लाख रुपैयाँ त्यस्तै डिजेर र ग्यासको मूल्यसहित हिसाब गर्दा ५९ करोड रुपैयाँ घाटा भएको समेत बताएको छ ।

तर हवाइ इन्धनको नाफाको कारण केही कम पर्न गए पनि समग्रमा अहिले पेट्रोलमा एक रुपैयाँ ११ पैसा र डिजेलमा दुई रुपैयाँ ८४ पैसा घाटा रहेको आयल निगमले जनाएको छ । त्यस्तै निगमले एलपिजी ग्यासमा करिब ३३२ रुपैयाँ घाटा बेहोर्नु परेको जनाएको छ ।

आयल निगमले अहिले ग्यासको मूल्यमा समायोजन नगरे पनि पेट्रोल र डिजलको मूल्य बढाउने तयारी गरेको छ। पेट्रोलको कच्चा पदार्थमा प्रतिव्यारेल एक डलर बढ्दा महिनामा १७ करोड रुपैयाँ, अमेरिकी डलर एकले बढ्दा १५ करोड रुपैयाँ घाटा बढ्ने आयल निगमले जनाएको छ । पछिल्लो १५ दिनमा मात्रै डलरको मूल्य करिब ४ रुपैयाँले बढेको छ। नेपाल आयल निगमले २०७१ बाट स्वचालित मूल्य प्रणाली लागू गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend