सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नाडा अटो शो २०१८ भदौ २६ गते देखि भृकुटीमण्डपमा हुने

नाडा अटो शो २०१८ भदौ २६ गते देखि भृकुटीमण्डपमा हुने

 

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले यस बर्ष पनि भदौ २६ गतेदेखि अटो सो २०१८ आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा आयोजना हुने अटो सो भदौ ३१ गतेसम्म सञ्चालन हुने नाडाले पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।अटो शोमा १९ वटा ब्राण्डका ४ पाङ्ग्रे तथा २० वटा ब्राण्डका २ पाङग्रे सवारी साधनहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिने छन् ।

६ दिनसम्म आयोजना हुने यो अटो शोमा पैठारीकर्ता, डिलर, उत्पादक तथा विक्रेता गरी ७१ कम्पनीहरुको सहभागिता रहने नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाललका कार्यबहाक अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । अटो शोमा १ सय ३४ वटा ब्लक तथा स्टलहरु राखिने आयोजकको भनाई छ ।

प्रदर्शनीमा सवारी साधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस् टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एशोसेरिज लगायत नेपाल मै बनेका सामाग्रीहरु समेत राखिने कार्यबहाक अध्यक्ष दुलालको भनाई छ ।
अटो शोमा प्रत्येक दिनको एउटा लक्कि ड्रबाट एउटा मोबाइल वितरण गरिने व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । प्रवेश टिकटबाट लक्कि ड्रमा परेकालाई कोलप्याड मेगा २.५ डी मोबाइल दिइने आयोजकको भनाई छ । यसका लागि जय माँ इन्टरकन्टिनेन्टल प्रालिले प्रायोजन गरेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend