बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

शान्ति शर्माको कवितासंग्रह ‘सपनाको समाधि’ सार्वजनिक

शान्ति शर्माको कवितासंग्रह ‘सपनाको समाधि’ सार्वजनिक

 

 

काठमाडौं । कवि तथा गजलकार शान्ति शर्माको कवितासंग्रह ‘सपनाको समाधि’ सार्वजनिक गरिएको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतले उक्त कृति सार्वजनिक गरेका हुन् ।

सोही अवसरमा शान्ति शर्माको गजलको म्युजिक भिडियो ‘नसोधिदेऊ बिन्ती’ प्रदर्शन गरियो । हरि लम्सालको संगीत रहेको शान्तिको गजल बनिका प्रधानले गाएकी हुन् ।

कार्यक्रममा कुलपति उप्रेतीसहित डा देवी नेपाल, साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेल, संगीतकार सुरेश अधिकारी, कृतिकार शान्ति शर्मालगायतले बोलेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend