नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने विषय भएको बताएका छन् । अध्यक्ष दाहालको निवास खुमलटारमा नेत्रविक्रम चन्द नेतृत्वको पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष दहालले भने,“कसैलाई रहर लागेर नेता हुनसक्ने होइन । इतिहास र जनताले आन्दोलनको क्रममा पार्टी, नेता र विचारको विकास गर्ने कुरा हो । लहडले नेता बनिंदैन ।”
अध्यक्ष ‘प्रचण्ड’ले सामाजिक न्याय र समृद्धिको एउटा प्रक्रियामार्फत समाजवादको तयारीमा रहेका पनि बताए । नेत्रविक्रम चन्द नेतृत्वको समूह परित्याग गरी नेकपामा प्रवेश गर्नेमा गणतान्त्रिक खेलकूदका वरिष्ठ उपाध्यक्ष बिमला सङ्ग्रौला, उपत्यका ब्यूरो सदस्य रामप्रसाद घिमिरे, काठमाडौँ जिल्ला सदस्य डिल्लीराम थपलिया, गोपाल खरेल, भक्तपुर जिल्ला सदस्य राजराम लाथेजु, काठमाडौँ जिल्ला क्षेत्र नं २ का माधव लामिछाने र विष्णु तिमल्सेन लगायत रहेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend