बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

राजनीतिक दलमा आबद्ध शिक्षकलाई तत्काल राजिनामा दिन निर्देशन

राजनीतिक दलमा आबद्ध शिक्षकलाई तत्काल राजिनामा दिन निर्देशन

राजनीतिक दलमा आबद्ध शिक्षकलाई तत्काल राजिनामा दिन निर्देशन दिइएको छ । बर्दियाको राजापुर नगरपालिकाका मेयर दिपेश थारूले यस्तो निर्देशन दिएका हुन् ।

मंगलबार पदभार ग्रहण लगत्तै सबै सामुदायिक विद्यालयलाई पत्र लेख्दै मेयर थारुले विद्यालयहरुलाई पत्र काटेर राजनीतिक दलको कार्यकारीणी पदमा रहेका शिक्षक तथा कर्मचारीलाई राजिनामा गराउन भनेका हुन् । जसको विवरण ७ दिनभित्र नगरपालिकामा पेश गर्न पनि निर्देशन दिएका छन् ।

उनले विद्यालयलाई पठाएको पत्रमा भनिएको छ, ‘शिक्षा ऐन २०२८ (संशोधनसहित) को दफा १६ (ङ) को उपदफा ५ को (छ) मा उल्लेखित व्यवस्था उल्लंघन गरी विभिन्न राजनीतिक दलमा संलग्न रही सक्रिय रुपमा राजनीतिक दलको कार्यकारीणी पदमा रही विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरण विपरित गर्ने यस राजापुर नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र यस कार्यालयमा पेश गर्न हुन जानकारी गरिन्छ ।’

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend