नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीिभत्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित भएको बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेले गरेको पत्रकार सम्मेलनमा उनले भने, ’पार्टी सङ्गठनलाई एकै ठाउमा उभ्याउन सकिएन भने काँग्रेस झन कमजोर हुन्छ, काग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । यो कुरा नेता, कार्यकर्ताले बुझ्नु पर्छ।’पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले वर्तमान सरकारको मूल्याङ्कन गरी हाल्नुपर्ने समय भइनसकेको बताए। तर सरकारले मुलुकलाई सही दिशा दिन नसकेको उनको भनाइ थियो।
यसैबीच, आजै नेपालगञ्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सबैलाई मिलाएर लानुपर्ने दायित्व नेतृत्वको भएको उल्लेख गरे। सो अवसरमा काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कार्यकर्ताले पनि एकअर्कालाई आरोप, प्रत्यारोप गरेर हैन आफूलाई पनि सच्याउनुपर्नेमा जोड दिए। भेलामा बाँके कांग्रेस सभापति किरण कोइरालालगायत सहभागी कार्यकर्ताले पार्टी सङ्गठन चलायमान नभएको, गुटबन्दी बढेको, पार्टी नेतामुखी भएको, कार्यकर्तालाई काम दिन नसकेकोलगायतका गुनासा राखेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend