भक्त बहादुर केसी,
लोकतन्त्रको परिभाषाको अनुसार यो जनता द्वारा, जनताको लागि, जनताको शासन हो। तर अलग अलग देशकाल र परिस्थितिहरूमा अलग अलग धारणाहरूको प्रयोगले यसको अवधारणा केहि जटिल भएको छ। प्राचीनकालदेखि नै लोकतन्त्रको सन्दर्भमा धेरै प्रस्ताव राखिएका छन्, तर यिनीहरू मध्ये धेरै कहिल्यै कार्यान्वयन भएन।लोकतान्त्रिक नेतृत्व, जसलाई सहभागी नेतृत्व वा साझा नेतृत्व पनि भनिन्छ,तर एक नेतृत्व शैली हुनु पर्ने हो जसमा समूहका सदस्यहरूले निर्णय प्रक्रियामा सहभागी भूमिका खेल्छन्। यस प्रकारको नेतृत्व कुनै पनि संस्थामा लागू हुन सक्छ, राजनीति पार्टीहरू बिकाश निर्माण समानुपातिक व्यवस्थाहरूमा सबै मतदातालाई प्रतिनिधित्व गर्नु पर्ने । केही देशहरूमा मिश्रित व्यवस्था उपयुक्त भएको छ । नेपालमा जस्तो सानो ठुलो देश राजनीतिक व्यवस्था हेर्दा बहुदलीय व्यवस्थाको उदाहर्णीय देशहरु यस प्रकार छन ।
अर्जेन्टिना, आर्मेनिया, बेल्जियम, ब्राजिल, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, आइसल्याण्ड, भारत, इन्डोनेसिया, आयरल्याण्ड, नेदरल्यान्ड्स, न्युजिल्याण्ड, नर्वे, फिलिपिन्स, पोल्याण्ड, स्वीडेन, ट्युनिसिया र युक्रेन जस्ता राष्ट्रका उदाहरण हुन्।अत्भूत पुर्ब वास्तविक परिवर्तन बहुदलीय प्रणाली प्रभावकारी रूपमा तिनीहरूको लोकतन्त्रमा देखिन्छ ।
लोकतान्त्रिक नेतृत्वको उदाहरर्णीय रुप छन सिक्ने, सिकाउने काम कर्तब्य लोकतान्त्रिक नेतृत्वको लागि छवि त्यहाँका नेतामा लिडरमा पाइन्छ , यस प्रणालीको सबै भन्दा ठूलो खासियत यो हो कि जनादेशको दबाव नीतिगत नीति विचलन (policy deviation) रोकको काम गर्दछ, किनकि नियमित अंतरालहरूमा सत्ताको वैधता हेतु चुनाव अनिवार्य छन् गर्नेछन । यस शैली अन्तर्गत, हाम्रा नेताले अझै पनि समूहको निर्णयको लागि अन्तिम जिम्मेवारी राख्नु पर्ने हो । तर अध्ययनमा, प्रजातान्त्रिक नेतृत्वमा रहेकाहरुले गुणस्तरीय योगदान दिएको देखिदैन ।
लोकतान्त्रिक नेतृत्वको विशेषताहरूमा उच्च कर्मचारी संलग्नता, बिद्द्वान लागि धेरै अवसरहरू, कम्पनी टिमवर्कलाई प्रोत्साहन गर्ने , विचारहरूको फराकिलो दायरा, जटिल समस्याहरू सहकार्यमा हल गर्नु पर्ने , राम्रो काममा सन्तुष्टि लिने , निर्णय चुस्त दुरुस्त हुनु मुख्य राम्रा कुरा हुन् जसमा स्वच्छ र निष्पक्ष चुनाव हुन्छन्। उदार लोकतन्त्रको चरित्रगत लक्षणहरू मा, अल्पसंख्यकों सुरक्षा, कानुन व्यवस्था, शक्तिहरूको वितरण आदि वाहेकको अभिव्यक्ति, भाषा, सभा, धर्म र सम्पत्तिको स्वतन्त्रता प्रमुख छ।
तर यहा पैसाको खोलो बगाएर भ्रस्ट कुशासनका लागि कुख्यात चर्तित नेताले पटक पटक बाहुबल पैसा कै कारण जित्ने जिताउने कु सस्कार बसेको छ कैले सम्म यसरी देश बर्वाद हुने हो । सबै नागरिकले सारा महत्त्वपुर्ण नीतिगत फैसलामा मतदानबाट गर्नु पर्छ । यसलाई प्रत्यक्ष जनताको मौलिक अधिकार भनिन्छ। किनकी सैद्धांतिक रूपले यसमा कुनै प्रतिनिधि या मध्यस्थ छैन । सबै प्रत्यक्ष लोकतन्त्रमा साना समुदाय या गाऊ पालिका , नगर , महानगरमा स्वच्छ नेता शिक्षित नेता जिताउने काम जनता कै हो र सबै नागरिकहरू लाई भोट दिने अधिकार छ । गोप्य मतदान आफ्नो मत अधिकार प्रयोग गर्नु पाइने हुदा कोसइको डर त्रास धम्कि वास्ता गर्नु पर्ने हुदैन र त्यस कारण सही मुल्याकन गरौ गराऊ उदाहरणको लागि एउटा प्रतिनिधिमूलक प्रजातन्त्रमा सबैको मतको उत्तिकै मुल्य मान्यता हुन्छ र राज्यका सबै नागरिकले प्रतिनिधिको लागि उम्मेदवारी दिन पाउँछन्।लोकतन्त्र (वा प्रजातन्त्र) शासन व्यवस्थामा दुई प्रकारका हुन्छन्। प्रत्यक्ष प्रजातन्त्रमा शासनको दायित्व सीधा रूपमा शासित जनताले निर्वाह गर्दछन् भने प्रतिनिधिमूलक लोकतन्त्रमा शासनको दायित्व जनताद्वारा निर्वाचित प्रतिनिधिहरूद्वारा हुने गर्दछ। प्रायः, सानो जनसङ्ख्यामा प्रत्यक्ष र ठूलो जनसङ्ख्यामा प्रतिनिधिमूलक लोकतन्त्र बढी प्रभावकारी देखिन्छन् ।
विशेष गरी प्रजातान्त्रिक नेता र उनीहरूको टोलीका सदस्यहरू बीच। यो विश्वास र सम्मान निर्माण गरेको हुन्छ र मतदाता को विश्वासमा टिकेको हुन्छ । नेपाली काँग्रेस, , नेपाल कमयुनिस्ट पार्टी , नेपाल कम्युनिष्ट पार्टी (एमाले) राप्रपाका जस्ता लोकतान्त्रिक नेताहरूले धेरै विविध विचार र अवधारणाहरू प्राप्त गर्नु पर्ने । यसले कामको सन्तुष्टि बढाउँने छ । यसले कार्यकर्ताहरू बीच इमानदारीलाई प्रोत्साहन दिन्छ। यो नेतृत्व शैलीले मानिसहरूलाई आफ्नो कामसँग जोड्छर देश मा सुधार हुने छ । जीवन शैली परिवर्तन नगरे सम्म उन्नत नेपालको सपना न बोके सम्म सुशासनको लागि जिम्मवारी न लिए सम्म बिकाश हुने छैन । नेपाल सुशासन पार्टीमा सहभागी बन्नु होस् फरक विचार मनन गर्नुहोस परिवर्तनको लागि लड्नुहोस् । भक्त बहादुर केसी, नेपाल सुशासन पार्टीको केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend