सुन तस्करीमा ठुला पहँुचवाला मान्छे पक्राउ नपरेको भन्ने कुरा सुनिदै आएको छ । यो काण्डमा ठुला राजनैतिक नेताहरुको पनि संलग्नता हुन सक्ने धेरैको अड्कलबाजी छ । यसै बिच गृहमन्त्री रामबहादुर थापा बादलले सुन तस्करीका ठूला माछाहरु भन्नेहरु पक्राउ परिसकेको दाबी गरेका छन् । गृहमन्त्री थापाले संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा यस्तो दावी गरेका हुन् ।
सुन तस्करीका मुख्य पात्रहरु पक्राउ परिसकेको भन्दै गृहमन्त्री बादलले ठूलै माछाहरु पनि छानविनमा आएका छन् । लगानीकर्ताहरु पनि कानुनको घेरामा आइसकका छन् । सुन तस्करीको सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको उनको दाबी छ । गृहमन्त्री थापाले प्रहरीको संघीय संरचना बनाउन काम थालिसकेको बताए ।प्रहरीको सरुवा, बढुवा मापदण्ड बनाएर गर्ने कामको सुरुवात आफूले गरेको दाबी गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend