बिष्णु प्रसाद शर्मा,
भ्रष्टाचारको मुहारमा हाम्रा शिशुपालहरु अनेकन क्रिमहरु दलेर भुल पछि भुल गर्दै अग्रगमनको रङ्गरोगन पोत्दै छन । बिद्धानहरुले भनेका छन् जीवन एक क्षण पनि कर्तब्य बोधबाटखाली छैन ।प्रजातन्त्र र लोकतन्त्रको बिगुल घन्केको पनि ३३ बर्षको बयश्क भै सकेको छन् । यो खेर गएको ३३ बर्षमा एउटा साधारण तर चलाख कुनै बिद्यार्थीले राजनीतिक यात्रा सुरु गरेको हुँने थियो भने पनि देश हितको शंकल्प सहित पुग्दा राज नेता बन्ने थियो र राष्ट्र राष्ट्रियताको सवालमा आफू जन्मेको भूमिभित्रको माटोलाई चिनेर देश र जनता प्रति उत्तरदायित्व बोधले देश र जनताको लागी काम गरेर देखाउने थियो ।बिदेशीले खेलाएको खेलमा रमेर आनन्दमय सुहाग दिने क्षमता त एक बधुमा पनि भएको हुँदा उसले प्राय दैनिकै ग्राहक फेला पारेर जिविको पार्जन गरे कै हुन्छे । बिदेशीले दिने दान अनुदान वा ऋण जे भए पनि निशर्त नै भए पनि चलाउन हुने वा नहुने भनेर कुशल राजनीतिज्ञले दाताको शब्द र भंगीबाटै प्रष्ट रुपले बुझिने कुरा हो । लोभ लाचले देश र जनताको भबिश्य प्रति खेलवाड गर्ने काम नेताबाट हुन्छ भने त्यस्ता नेता हुँ भन्नेहरुलाई जनस्तरबाटै गलहत्याउन सक्नु पर्छ । जुन देशले शर्त सहितको अनुदान दिने भनेर संसदवाट अनुमोदन गराउन पर्ने भन्दै छ सोही देशको राजदूतले प्रष्टरुपले भनिरहेको छ , यो सैन्य परिचालित गर्नकै निमित्त तयार बनाइएको प्रोजेक्ट हो, तर नेपालका दलिय झुण्डले ब्यापारिक राजनीतिक खेलमा बिदेशी हलि बनेकाहरु भन्दै छन्, हैन, यो त निर्शत नेपालको हितमा छ र यो एमसीसी अनुमोदन गर्नु पर्दछ ।’ एमसीसी फिर्ता भयो भने कुनै देशले हामीलाई सहयोग दिदैन र एमसीसी आयो भने कुनै नेपाली बिदेश जानु पदैन, कामै नगरि बसि बसि खान पाइन्छ । यो नै जनताले पत्याइदिने हो भने भोलीका हाम्रा उत्तराधिकारीले हामीलाई के भन्लान त ? ठूला ठूला कुल घरानिया धन सम्पत्ति औला दौंला भएका मानिसहरुले पनि काम नगरि खाने आँट गरेका छैनन् , गर्नेहरु अँधोगतिमा फसेका छन । के नेपालका नागरिकहरु कामै नगरि खान पाउँने अबस्थाका छौ त ? दार्शनिक नेपोलिनले भनेका थिए -बालकको भाग्य सधै आमाको हातमा हुन्छ । नेपालका नेता भनाउँदा न त राजनेता नै बन्न सकेका छन् नत दार्शनिक नै न तलको न माथिको, केवल भारतले अब तिमीहरु नेता बनेका छौ भनेर अर्ध प्रशिक्षण गराएर उसको खेतालोका रुपमा पठाएकाहरु अब अमेरिका लगायतका पश्चिमाहरुको भारी बोकेर नेपालमा राजनीतिज्ञ बनेका छन र देश, आमा र सनातन कुल धर्मको बध गरि राखेका छन । जनताहरु प्राणको आहुति दिदै, सुरक्षा कर्मीहरु संग लाप्पा खेलिरहेका छन, एमसीसी चाहिदैन । देश बेच्न पाइदैन भनेर के जनताको भोटले सत्ता पाउनेहरुले जनतालाई नै प्रहरी लगाएर कुटाउनु राजनीतिक धर्म हो ? नेपाललाई बिदेशी शक्ति राष्ट्रहरुको दान अनुदान होइन, प्रबिधि, जाँगरको खाँचो छ । खाँचो पुरा गर्न सक्ने नेपाली युवाहरु धेरै जन्मिसकेका छन । ती युवाहरुलाई समेटेर स्वदेशमै रहेको बिभिन्न किसिमका बस्तुहरुलाई सुन बनाउन सक्ने राष्ट्र निर्माण गर्ने योजना तयार गर्ने सरकारको खाँचो छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend