सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेकपा अध्यक्ष प्रचण्ड भारत र चीन भ्रमणमा जाने

नेकपा अध्यक्ष प्रचण्ड भारत र चीन भ्रमणमा जाने

????????????????????????????????????

नवगठित नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगामी महिना भारतको भ्रमणमा जाने भएका छन् । उनी भारत भ्रमण सके लगतै चीनको पनि भ्रमणमा जाने बताईएको छ । १० दिनको अन्तरलामा प्रचण्डले दिल्ली र बेइजिङ भ्रमण गर्ने तयारी गरिरहेका छन् । नेकपा स्रोतका अनुसार प्रचण्ड सेप्टेम्वर ७ अर्थात भदौ २२ गते भारतको राजधानी दिल्ली जानेछन् । दिल्लीबाट फर्के लगत्तै १७ सेप्टेम्बर अर्थात १ असोजमा उनी चीन भ्रमणमा जाने तयारी गरेका छन् । यद्यपि भ्रमणको तालिका गोप्य राखिएको छ । भारत भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्च राजनीतिक नेतृत्वसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यस्तै चीन भ्रमणमा रहँदा प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसंग भेट्ने तयारी छ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेपछि प्रचण्डले छिमेकी राष्ट्रको भ्रमण गर्न लागेका हुन् । नेकपा नेताहरुकाअनुसार प्रचण्डको भ्रमण मुलतःदुई देशबीचको सम्बन्ध विस्तार र नेपालले लिएको आर्थिक समृद्धिको एजेण्डामा छिमेकीको सद्भाव जुटाउनु हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न भ्रमणका क्रममा भएका सहमति कार्यान्वयका लागि वातावरण सहज बनाउनु भ्रमणको उदेश्य रहेको नेकपा नेताहरु बताउँछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend