काठमाण्डौं १६ चैत। नेपाल सुशासन पार्टीका केन्द्रीय कोषाध्यक्ष भक्त बहादुर केसी संग मुलुकको राजनीति, स्थानीय चुनाव र देशमा बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्न के गर्नु पर्ला ? लगायतका समसामयिक राजनीतिक बिषय बस्तुमा केन्द्रित भएर गरिएको छोटो अन्तरबार्ता ।
तपाई राजनीतिमा कसरी आउनु भयो ?
उत्तर राजनीति भनेको समाज सेवा हो । देशमा भएको अन्याय अत्याचार र शोषण अन्त्य गर्न म राजनीतिमा आएको हुँ । मेरो राजनीति पृष्ठ भूमि सोधि हाल्नु भयो म २०३६ साल देखि राजनीतिमा जोडिएको हुँ । पटक पटकका राजनीतिक परिवर्तनका आन्दोलनमा म सहभागी भए । मेरो आफ्नै साथी आन्दोलनमा मरे पछि नेपाल कम्युनिष्ट पार्टी (माले)को युवा कार्यकर्ताको सदस्यका रूपमा काम गर्दै व्यपार ब्यावसाय सगै राजनीतिलाई अगाडी बढाउँदै आए । मैलै राजनीति जीवनमा कैले पनि लोभ लालच गरिन र अब पनि गर्दिन । जनताको सेवामा लाग्ने हो ।
राजनीति के हो ?
उत्तर राजनीति भनेको समूहमा बसेर सकारात्मक निर्णय गर्ने तरिका हो। राजनीति भनेको देश प्रदेशका जाति जनजाति, तराई पहाड हिमाल वा देश विदेशका कूटनीतिज्ञ समूहहरूमा सँगै राम्रो सरकार सुशासनमा बस्नका लागि मानिसहरूबीच सम्झौताहरू गर्नु हो। राजनीति भनेको समाज सेवा हो ।
किन राजनीतिलाई व्यापार ब्यबसाय जस्तो बनाइयो ?
उत्तर राजनीतिक विचारधाराले देशमा बिकाश सुशासन दिगो प्रगति हुनु पर्ने हो तर यहाँ शक्ति आर्जन गरेपछि तस्कर भ्रष्ट संग मिलेर नाफाखोरीको लागि नेताहरु काम गर्ने गराउने हुँदा फोहोरि व्यापार मौलाएको छ, देशमा फोहरी राजनीति भएको छ, यो सफा गर्न नेपाल सुशासन पार्टीको निर्माण भएको हो । त्यो हामी गछौं ।
देशमा यति धेरै राजनीति पार्टी हुँदा हुँदै पनि रमेश खरेलको नेतृत्वमा किन नेपाल सुशासन पार्टी खोल्नु भयो ? नयाँ पार्टी किन चाहियो ?
उत्तर नेपाल सुशासान पार्टीको अध्यक्षज्यू श्री रमेश खरेल इमानदार , निष्ठावान, विभिन्न व्यक्ति र व्यक्तिहरूको टोलीसँग प्रभावकारी रूपमा काम गर्ने क्षमता राख्ने, अनुसासन र सुशासनको लागि जिम्मेवारी स्वीकार गर्ने ब्यक्तिले अबस्य परिवर्तन ल्याउनुहुन्छ । अहिले देख्नु भाछ, बेथिति , कुशासन, गुन्डागर्दी , अराजक भएको छ यति राम्रो देशमा ठुला पार्टी भन्नेहरुले देश कंगाल बनाए । त्यसैले नै जनताको लागि परिवर्तन आवश्यक छ र हाम्रो पार्टी चाहियो यो समयको माग हो ।

राजनीतिक दल किन आवश्यक छ ?
उत्तर दलहरू लोकतन्त्रका स्तम्भहरू हुन् लोकप्रिय नेताहरू शासकका रूपमा चुनिन्छन् नेताहरू जनताको सेवा गर्नका लागि चुनिएका हुन्छन् जसले निर्वाचित हुन चाहन्छन् तर यहाँ उल्टो छ । सुशासन कायम गर्न नसक्नु भ्रस्टचारी मौलाउनु उनीहरु सँग मिलेर कुशासन लाई प्रोत्साहन गर्नुले देश अस्थिर छ । जनताको बिचिल्ली छ । हाम्रो नेता सफा हृदय उच्च विचार अनुसासित इमानदार, मेहनती, उत्प्रेरित र प्रोत्साहन दिने भ्रष्टाचार बिना आफ्नो छबि बनाउनु भा छ ? आशा छ परिबर्तन चाहानेहरु देश प्रेमी जनताले सपोर्ट गर्नु हुनेछ । जिताउनु हुनेछ राजनीतिक दल सुशासन ल्याउनको लागि सत्तामा पुग्नु पर्ने रहेछ त्यसैले चाहियो ।
कति जिल्लामा संगठन विस्तार भयो ?
उत्तर हामी ७७ जिल्लालाई समेटेर जाने विचार छ र युद्ध स्तरमा संगठन बिस्तार भैरहेका छन । पार्टीका बिभिन्न बिभागले काम गरि रहेका छन् । कार्यालय विस्तार भैरहेका छन ।
जनता के भन्छन ?
उत्तर परिबर्तन चाहेको बुझिन्छ । सबैले धोका दिए । झुट बोले केहि गरेनन् गुण्डा राज छ महंगी बढाए कसैले राहत पाएनन् अब स्वच्छ छबि वाला ब्यक्तिहरुको आबश्यक छ परिबर्तन चाहन्छन । यो पार्टी अघि बढेको देख्न चाहेका छौ भनेका छन जनता ।
स्थानिय चुनाबमा भाग लिने की नलिने के छ पार्टीको नीति ?
उत्तर स्थानिय चुनाबमा भाग लिन्छौ । आधुनिक लोकतान्त्रिक पार्टीले सामाजिक समानता र समान अवसरलाई जोड दिन्छ। नेपाल सुशासन पार्टीको मुख्य कुरा देशमा सुशासन कायम होस् कुशासनको अन्त्य होस् भन्ने नै हो । अन्तर्राष्ट्रिय मामिलामा होसियार हुदै , सुशासन कायम देखि लिएर सरकार र बजार बीच सम्बन्ध सरकार र नागरिक बीच सम्बन्ध सरकार र निजी वा स्वैच्छिक क्षेत्र बीच सम्बध निर्वाचित अधिकारीहरू र नियुक्त अधिकारीहरू बीच सम्बन्ध सरकार र नागरिक समाज संगठन बीच सम्बन्ध सुधार गर्ने गराउने शैक्षिक र व्यावहारिक छलफलमा सुशासनको विश्लेषण समावेश गर्ने अर्थ व्यवसायीदेखि व्यवसायीमा धेरै भिन्न तरिकाले देशमा सासन हुनु पर्छ भन्ने नै हाम्रो मन्यता हो ।
के नेपाल सुशासन पार्टी देशको बैकल्पिक पार्टी बन्न सक्छ ?
उत्तर हो जनताले यो पार्टीलाई बैकल्पिक पार्टी बनाउँछन । देश गम्भीर संकटमा फस्दैछ । मुलुकमा अन्त्यहीन राजनीतिक गतिरोध छ । बैकल्पिक सरकार बन्न सकिन्छ । संविधानका स्तम्भ एकएक गरी ढल्दैछन् । सबै पार्टीर तिनका नेता निरीह देखिन्छन । गोहीको आशु देखिन्छ सरकारमा जाने होड हुन्छ तर गएपछि लुट तन्त्र सुरु हुन्छ । त्यसैले इमान्दार नेताको खाँचो छ देश को भबिस्य त्यसैमा छ । जनताले बुजी सके अब सबैको अनुहार चिनिसके नयाँ पार्टीको खाँचो महसुस छ ।
के छ आधारहरु ?
उत्तर मूल हाम्रो सफा छ निस्कलंक नेताको शिक्षा एक विकल्प व्यवहार्य हुन सक्छ भन्ने विश्वास हो । हाम्रो घोषणा पत्रमा प्रस्ट छ जनतामा जान्छु पार्टीको उम्मेदवार छनोट, र पार्टीहरूमा नियन्त्रण स्यम अध्यक्षले गर्नु हुने छ ।
देशमा भ्रष्टाचार बढेकै हो ?
उत्तर नेपालमा भ्रष्टाचार सरकारदेखि न्यायपालिका, प्रहरी, स्वास्थ्य सेवा र शिक्षासम्मका हरेक क्षेत्रमा व्याप्त छ । नेपाल वरियतामा पर्छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार धारणा सूचकांकमा प्रस्ट छ । सरकारमा रहेका र विपक्षी नेता जीहरुको विलासीपन कार्यकर्ताहरुले देखे सिको गरिरहेका छन र माथि देखि तल सम्म खुल्ला प्रतिस्प्रदा छ कस्ले कति कमाउने भनेर कुशासन नै कुशासन छ ।
बर्तमान गठबन्धन सरकारले काम गर्न नसकेकै हो ?
उत्तर हालको परिस्थिति खराब शासनका सूचकहरूमा पर्दा कुनै पनि देशको आर्थिक बृद्धिमा ठूलो असर पर्छ तर भिन्नताका सूचकहरूले प्रभावको स्तरलाई असर गर्छ। नियामक गुणस्तरमा कमी, सरकारको प्रभावहीनता र भ्रष्टाचार नियन्त्रणको कमी कमजोर आर्थिक वृद्धिसँग जोडिएको छ। सरकारी असफलताका उदाहरणहरूमा नियामक कब्जा र नियामक मध्यस्थता समावेश छ। सरकारी हस्तक्षेपको अप्रत्याशित नतिजाको कारणले वा यसमा पारेको सुधारको तुलनामा असक्षम नतिजा राजनीतिक रूपमा सम्भव भएको कारणले सरकार असफल भै रहेको छ । सबैभन्दा खराब व्यक्तिहरू जिम्मेवार हुन्छन्। जो सरकारमा छन् पार्टीमा प्रमुख भूमिकामा छन् जनता हराउनु पर्छ राम्रो आचरण भएको ब्यक्ति जिताउनु पर्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend