बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

शिक्षक सेवा आयोगको परीक्षा सुरु

शिक्षक सेवा आयोगको परीक्षा सुरु

 

 

काठमाडौं १५ चैत । शिक्षक सेवा आयोगका परीक्षा आजदेखि सुरु भएका छन् । आयोगले स्थायी शिक्षकको माध्यमिक तहको लागि १७ हजार ३३२ परीक्षा आज (मंगलबार)बाट सुरु गरेको हो । आयोगका अनुसार करिब साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ ५६ जनाले आवेदन भरेका छन् ।

आयोगले मावि तहको परीक्षामा एक हजार पाँच सय ५२ पदका लागि एक सय ५४ केन्द्र निर्धारण गरेको छ ।

आयोगले मावि तहमा एक हजार पाँच सय ५२, निमाविमा दुई हजार ५९८ र प्राविका लागि १३ हजार ९३ शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको थियो । आयोगले आज मावि, चैत १७ गते निमावि र १९ गते प्रावि र २१ गते सोमबार आन्तरिक बढुवातर्फको परीक्षाका लागि कार्यतालिका निर्धारण गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend