नेपाली कामदार संग धेरै रकम उठाउने गरेको भन्दै सरकारले मलेशिया रोजगारीको लागी जान बन्द गरेको छ । सरकारले मलेशिया लगायत खाडीका केही मुलुकमा जी टु जी मार्फत नेपाली कामदार पठाउने तयारी गरेकोे चर्चा छ । यसै बिच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कतारमा मेनपावर कम्पनीहरुमार्फत कामदारहरु नपठाउन सुझाव दिएको बताईएको छ ।नेपाली कामदारमाथि भइरहेको ठगीलाई रोक्न दुबै देशका सरकारवीच सम्झौता गरेर जीटुजी मार्फत नेपाली कामदार पठाउनुपर्ने डा. भट्टराईको भनाई छ । युरोपको भ्रमण सकेर नेपाल र्फकने क्रममा कतार विमानस्थलमा नेपाली कामदारहरुसँग आफूले कुराकानी गरेको डा. भट्टराईले बताए । यस्तै नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पनि कतारमा जीटुजीमार्फत नै कामदारहरु पठाउने गृहकार्य सुरु गरेको बाहिर चर्चा छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend