सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

१५ हजार घुससहित दुई कर्मचारी अख्तियारको फन्दामा

१५ हजार घुससहित दुई कर्मचारी अख्तियारको फन्दामा

सरकारी कर्मचारी काम भन्दा कमाई धन्धामा लागेको समाचार बारम्बार आउने गर्छ । जनताले तिरेको करबाट उनीहरुले तलव भत्ता खाए पनि जनतालाई नै दुख दिएको पाइन्छ । सरकारी कर्मचारीले सेवाग्राहीबाट घुस माग्ने क्रम बढदो छ । त्यसैले नै होला पछिल्लो समयमा आउदा उनीहरु घुस सहित सङगेहात प्रक्राउ पर्ने क्रम जारी छ ।

यसतै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । नापी कार्यालय कलंकीका नापी सर्वेक्षक हरिबहादुर ओली र कार्यालय सहयोगी अमरलाल श्रेष्ठलाई अख्तियार टोलीले कार्यालयमै पक्राउ गरेको हो । बुधबार उनीहरुलाई १५ हजार घुससहित पक्राउ गरिएको हो। नागार्जुन नगरपालिकाको विवाद मिलाइदिने भन्दै उनीहरुले घुस लिएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend