सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

उज्यालो शहर अभियान्ता रोशन श्रीवास्तव सम्मानित

उज्यालो शहर अभियान्ता रोशन श्रीवास्तव सम्मानित

युवा उद्यमी बीके ट्रेडर्स एण्ड सप्लायर्सका निर्देशक रोशन श्रीवास्तवलाई एक कार्यक्रम माझ सम्मान गरिएको छ । महानगरपालिकाको ‘लाईट सिटी’ अभियानमा महत्वपूर्ण भुमिका खेलेको, राज्यको राजश्व तथा रोयल्टी संकलनमा सहयोग गरेको तथा विद्युतका पोलहरुमा विज्ञापन राख्ने अभियानमा मार्फत व्यापार विस्तार तथा रोगजारीको अवसर सिर्जना गरी सामाजिक क्षेत्रमा उत्कष्ट योगदान पु¥याएको भन्दै उनलाई समाजिक रुपान्तरणका लागी नागरिक समाजले सम्मान गरेको हो । श्रीवास्तव सफल उद्यमी तथा समाजसेवी विधाको पुरस्कारबाट सम्मानित भएका हुन् ।

युवाउद्यमी श्रीवास्तवकै सक्रियतामा अहिले काठमाडौँका अधिकांश क्षेत्र सौर्य बत्तीले झिलिमिली भएका छन् । महानगरभित्रका मुख्य–मुख्य सडकलाई उज्यालो र झिलिमिली बनाउने लक्ष्यका साथै रोशनले ‘लाइन सिटी’ अभियानलाई सफलता पूवर्क सम्पन्न गरि उपत्यकालाई झिलीमिली बनाएका छन् ।

नविन सोच र विचारलाई नै समृद्धिको मुल आधार मान्ने रोशनले आफ्नै देशलाई फाइदा पुग्ने ‘आइडिया’ निकाले र कमै स्वदेशमै सफल उद्यमीका रुपमा आफुलाई स्थपित बनाउन सफल भएका छन् । उनको उज्यालो काठमाडौ अभियानको परिणामस्वरुप आज महानगरभित्रका अँध्यारा सडकले उज्यालो त पाएका छन् नै यात्रीलाई पनि निकै राहत मिलेको छ । उनको यहि योगदान, नविन सोच एवम लाईट सिटी अभियानको सफलताले नेपालमै केही गर्न सकिन्छ भन्ने सोच बनाएका युवाहरुलाई थप प्रेरणा र उर्जा मिलेको छ । क्रियतालाई मध्यनजर गरि सो पुरस्कार मार्फत सम्मान गरिएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend