सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दुई दर्जन वैदेशिक रोजगार व्यवसायी समस्याको पोको बोकेर बालुवाटार

दुई दर्जन वैदेशिक रोजगार व्यवसायी समस्याको पोको बोकेर बालुवाटार

वैदेशिक रोजगार व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर वैदेशिक रोजगार क्षेत्रमा देखा परेका समस्या बारे जानकारी गराएका छन् । व्यवसायीहरुले प्रधानमन्त्री निवास कार्यालय बालुवाटारमा भेटेर प्रधानमन्त्रीलाई आफना समस्या राखेका हुन् । सरकारले मेनपावर कम्पनीको धरौटी रकम ६ करोड बनाउने भन्ने अहिले चर्चा छ ।

तर व्यवसायीहरुले भने ६ करोड धरौटी रकम बनाए काम गर्न नसकिने बताईसकेका छन् । नेपालीहरुको प्रमुख रोजगारीको गन्तव्य मानिएको मलेशिया केही महिना देखी अनिश्चित कालीन रुपमा बन्द छ । मलेशियाको रोजगारी बन्द भएर मर्कामा परेका व्यवसायी थप धरौटी बढाउने कुराले झन थाल खाम की भ“ात खाम भन्ने अवस्थामा पुगेको बताउदै आएका छन् ।

व्यवसायीहरुले आफनो समस्या सरकारलाई पोख्ने पटक पटक प्रयास गरे पनि ठ“ाउ पाएका थिएन्न् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले व्यवसायीका समस्याको बारेमा कुनै सुनुवाई र्नै नगरे पछि दुई दर्जन वैदेशिक रोजगार व्यवसायीहरुले आफना समस्या एक मुष्ट रुपमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् ।

व्यवसायीहरुको समस्याको बारमा प्रधानमन्त्री ओलीले सकारात्मक रुपमा लिएको व्यवसायीहरुले बताएका छन् । यो लामो समयको प्रतिक्षाको भेटले परिणाम राम्रो आउने आशा लिएको व्यवसायीहरुको भनाई छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend