बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

डा उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक

डा उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक

 

काठमाडौं ५ फागुन । विश्व कीर्तिमानी गीतकार डा डीआर उपाध्यायले आफ्ना फरक शैलीका १३ गीति कविता सार्वजनिक गर्नुभएको छ । बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै डा उपाध्यायले फरक शैलीका १३ गीति कविता सार्वजनिक गर्नुभएको हो ।

गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विश्वका विभिन्न ८० विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले बिहीबार सार्वजनिक गर्नुभएको गीति कवितालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्ने उद्देश्य रहेको बताउनुभयो ।

यस पटक उहाँले सार्वजनिक गरेको गीति कवितामा शास्त्रीय संगीतमा प्रयोग भएका ७४ रागको नामबाट, एउटै गीतमा नौबटै रस अभिव्यक्त गरिएको, विश्वका अत्यधिक वेशभूष, संसारमा प्रचलित कमिक्स, संसारका प्रचलित कार्टून फिल्म, विश्व प्रसिद्ध हिरोरअभिनेता, विश्व प्रसिद्ध नायिकारअभिनेत्री, संसारका प्रसिद्ध नदी, संसारका विभिन्न खेल, संसारको ठूलो(साने चर्चित चङ्गा, विभिन्न रङको वर्णन गरिएको, सुनका विभिन्न गहनाको डिजाइन र ग्रह तारा समेटिएको गीति कविता रहेका छन् ।

यस्ता शीर्षकका र विषयवस्तु समेटिएका गीति कविता यसअघि सार्वजनिक नभएको र यो पहिलो पल्ट भएको उहाँले दावी गर्नुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा पत्रकार तुलसी गिरी ‘भावुक’, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, मिलाप फाउण्डेशन अध्यक्ष तथा चलचित्र पत्रका संघ पूर्वउपाध्यक्ष गीता अधिकारी, निर्देशक माइकल चन्दलगायत व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो । उहाँहरूले डा। उपाध्याका कार्यले नेपाललाई विश्वमा चिनाउने कार्य गरेको बताउनुभयो ।

यस्तै उपस्थित सञ्चारकर्मीहरूले डा। उपाध्यायका विभिन्न विश्व रेकर्डका बारेमा जिज्ञासा राखेका थिए । डा। उपाध्यायले पत्रकारले राखेका जिज्ञासाको उत्तर दिँदै आफ्ना कार्य विश्वमा नेपाललाई चिनाउने रहेको जिकिर गर्नुभयो । उहाँले आगामी वैशाखामा एकसय भन्दा बढी विश्व रकेर्ड पुर्‍याउने उद्देश्यले आफूले कार्य गरिरहेको बताउनुभयो ।

बिहीबार सार्वजनिक तेह्र फरक शैलीका गीति कवितालाई पनि उहाँले केही दिनमै विश्व रेकर्डमा समावेश गर्ने तयारीमा हुनुहुन्छ । गीतसंगीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने उहाँ पहिलो नेपाली सर्जक हुनुहुन्छ ।

कीर्तिमानी डा। उपाध्यायका २४ एल्बमका सयौं गीत स्रोतारदर्शकमाझ छन् । यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । उहाँले नयाँ उपन्यास ‘भाइरस लभ’ र अन्य चार वटा गीति एल्वम छिट्टै सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend