सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

निर्यातमूलक उद्योग खोल्न यूवाहरुलाई श्रम मन्त्रीको आग्रह

निर्यातमूलक उद्योग खोल्न यूवाहरुलाई श्रम मन्त्रीको आग्रह

श्रम ,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवाहरुले रोजगारी सिर्जना गर्न उद्यमस्थापना गर्नुपर्ने बताएका छन् । युवा तथा खेलकूद मन्त्रालय, युवा परिषद् मोरङ र नेपाल यूवा उद्यमी मञ्चद्वारा आयोजित ‘युवा उद्यमशीलता र रोजगारीका अवसरहरु’ विषयक प्रदेश नं १ स्तरीय अन्तरक्रिया कार्यक्रममा उनले प्रत्येक वर्ष पाँच लाख युवाका लागि रोजगारी सिर्जना गरेर विदेशिने क्रमलाई रोक्नुपर्नेमा जोड दिए ।

मन्त्री विष्टले उद्यमीलाई रोजगार र निर्यातमूलक उद्योग स्थापनाका आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न सरकार तयार रहेको बताउँदै विदेशी उत्पादनसँग प्रतिस्पर्धी गर्ने उत्पादनलाई सरकारले प्रोत्साहन गर्ने प्रस्ट पारे । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले रोजगारी सिर्जना गर्ने कृषि, पर्यटन र निर्यात मुलुक उद्योग स्थापनामा सरकारले आवश्यक सहयोग प्रदान गर्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend