सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

चिनिया खेल पर्यटक निम्त्याउदै पोखरा

चिनिया खेल पर्यटक निम्त्याउदै पोखरा

साहसिक खेलका लागि अन्तर्रा्ष्ट्रिय पर्यटन बजारमा परिचित बन्दै गएको पोखरा अहिले खेलकै माध्यमबाट चिनियाँ पर्यटक आकर्षण गर्न लागिपरेको छ । चिनिया खेलाडीलाई लक्षित गरी पोखरामा हिमालयन माउन्टेन क्रस कन्ट्री च्यालेन्ज खेल आयोजना गरिन लागिएको छ । पोखरासँग भगिनी सम्बन्ध रहेको चीनको खुनमिङस्थित खुनमिङ माउन्टेरिङ एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा माउन्टेन क्रस कन्ट्री च्यालेन्ज प्रतियोगिता सञ्चालन हुदैछ ।

४२ किलोमिटर दूरी दौड, साइक्लिङ र बोटिङ समावेश हुने यो प्रतियोगिता पोखराको फेवातालबाट सुरु भई पोखराका विभिन्न भागमा पुगी फेवाताल किनारमै पुगेर समापन हुनेछ । खुनमिङमा पर्यटक आकर्षण गर्न सञ्चालन गरिँदै आएको प्रतियोगिता पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल संघ पोखराको सहआयोजनामा पर्यटकीय सहर पोखरामा हुन लागेको हो ।
हिमालयन माउन्टेन क्रस कन्ट्री खेलको माध्यमबाट पोखरामा चिनियाँ र विदेशी खेलाडीलाई भिœयाउने उद्देश्यले आयोजना हुन लागेको हो । प्रतियोगितामा एउटा समूहमा तीनजना सहभागी हुनेछन् । तीमध्ये एकजना महिला वा पुरुष अनिवार्य गरिएको छ । खुनमिङ माउन्टेरिङ एसोसिएनका विज्ञले पोखरामा आएर स्थलगत अध्ययनपछि प्रतियोगिता आयोजनाले पूर्णता पाउन लागेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए । यो समाचार अन्नपूर्ण दैनिकमा छापिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend