सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

उत्तर पुस्तिका मेसिनबाट जाँच्ने प्रविधि व्यवस्था गर्दै आयोग

उत्तर पुस्तिका मेसिनबाट जाँच्ने प्रविधि व्यवस्था गर्दै आयोग

शिक्षक सेवा आयोगले परीक्षार्थीको उत्तर पुस्तिका मेसिनबाट जाँच्ने प्रविधि ब्यवस्था गर्ने तयारी गरेको छ । वस्तुगत प्रश्नहरुको उत्तरपुस्तिका परीक्षणका लागि अप्टिकल मार्क रिडर (ओएमआर) मेसिन भित्र्याउने गरी अध्ययन शुरु गरेको आयोगले बताएको छ । अब खुल्ने विज्ञापनमा सहभागी हुने परीक्षार्थीबाट उक्त प्रविधि प्रयोग गर्न सकिने गरी अध्ययन अघि बढाएको आयोगको भनाई छ ।

परीक्षालाई चुस्त र परीक्षणमा त्रुटि कम गर्ने तथा लाग्ने समय बचत गरी छिटो नतिजा निकाल्न प्रविधि भित्र्याउने योजना बनाएको छ । यसका लागि आयोगले आन्तरिक तयारी गरेको छ । यस अघि नै शिक्षा मन्त्रालयले एमविविएस परीक्षाको कापी परीक्षण गर्नका लागि ल्याएको मेसिन खाली रहेकोले त्यही मेसिन प्रयोग गर्ने गरी मन्त्रालयसँग कुरा अघि छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend