सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

शैक्षिक प्रमाणपत्र धितो राखेर मंसिर लाग्नेवित्तिकै ऋण दिने सरकारको तयारी

शैक्षिक प्रमाणपत्र धितो राखेर मंसिर लाग्नेवित्तिकै ऋण दिने सरकारको तयारी

अवको ढिलामा प“ाच महिना भित्र शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण भएको छ । बजेटमार्फत सरकारले ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँ ऋण दिने व्यवस्था गरेको थियो । त्यसको कार्यान्वयन गर्न अहिले अर्थ मन्त्रालयले कायविधि बनाइरहेको छ । यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले पनि बजेट भाषणमार्फत शैक्षिक प्रमाणपत्र राखेर ऋण दिने उल्लेख गरेका थिए । तर त्यसको लागि कायविधि नै नबन्दा कार्यान्वयन भएको थिएन ।

तर यसपटक भने मंसिर १ गतेदेखि नै यो व्यवस्था कार्यान्वनय गर्न अर्थ मन्त्रालयले कार्ययोजना बनाएर कायविधि बनाउने काम गरिरहेको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वनको लागि भर्खरै मात्र वार्षिक कार्ययोजना बनाएको छ । वार्षिक कार्ययोजनामा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाइने योजनालाई प्राथमिकतामा राखिएको छ । अर्थ मन्त्रालयको कार्ययोजना अनुसार भदौभित्र ऋण सम्बन्धी कायविधिको मस्यौदा बनाएर स्वीकृत हुनेछ ।

भदौमा नै अवधारणासहितको कार्यिवधि बनाएर स्वीकृत गर्ने मन्त्रालयको योजना छ । त्यसपछि असोजमा ऋण दिनको लागि प्रस्ताव माग गरिनेछ । प्रमाणपत्र धितो राखेर ऋण दिन इच्छुक बैंकहरुले असोजमा प्रस्ताव पेश गर्नेछन् । मन्त्रालयले बैंकहरुको प्रस्ताव मूल्याँकन गर्नेछ । कात्तिकभित्र प्रस्तावको मूल्याँकन गर्ने अर्थ मन्त्रालयको योजना रहेको छ । कात्तिकमा प्रस्तावहरुको मूल्याँकन सक्ने र कर्जा सुरक्षण, विमा लगायतका तयारी सकेर मंसिर लाग्नेवित्तिकै ऋण दिने तयारी रहेको अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले जानकारीको भनाई छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend