सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

काँग्रेस र साझा विबेकशिल पार्टी एक हुन्छन भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छुः प्रसाई

काँग्रेस र साझा विबेकशिल पार्टी एक हुन्छन भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छुः प्रसाई

मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईको घरमा केपी शर्मा ओली र प्रचण्डले खाना खाएको बिषय चर्चामा बन्यो । जुन प्रसाईको घरमा दुई नेताले संगै खाना खाएको तस्विर बाहिर आयो अहिले त्यही बिषय संसदमा पुगेको छ । नेपाली कांग्रेस र केही साना दलले खुलेर त्यो खाना खाएको बिषयलाई लिएर बिरोध गदै आएका छन् ।

यस्तै मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पूर्वाञ्चलको झापामा रहेको बि एण्ड सी टिचिङ्ग अस्पतालको सम्बन्धन प्रक्रिया यथाशक्य पूरा गर्न सरकारसमक्ष माग गरेका छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बि एण्ड सी टिचिङ्ग अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईले आफू तीन वर्षदेखि अन्यायमा परेको र काठमाण्डौ बाहिर सुदुरपूर्वमा अस्पताल खोल्दा पनि माफियाको आरोप खेपिरहेको दुःखेसो पोखेका छन् ।

उनले भने,‘स्वास्थ्य मन्त्रालय र भवन विभागमा पहिलोपटक दर्ता भएर सम्पूर्ण मान्यताहरु पूरा गरेर सुदुरपुर्वमा मैले मेडिकल कलेज खोल्दा गोविन्द केसी र उनका अनुयायीहरुले मलाई माफिया भन्ने गरेका छन ।

वाम एकताको लागि आफूले पनि केही भूमिका खेलेको स्विकार गर्दै तत्कालिन नेकपा एमालेका अध्यक्ष एवम वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तात्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खाना खुवाएर बि एण्ड सिको सम्बोधन पूरा गर्न खोजिएको भनेर मिथ्या आरोप लागेको भन्दै उनले गुनासो पोखे ।

प्रसाईले मुलुकमा स्थिर सरकार र राजनीतिक स्थायित्वको लागि मैले भूमिका खेलेको हुँ, मेरो घरमा विपीले पनि खाना खानुभएको छ, गिरिजाले पनि खानुभएको छ, नरहरी आचार्य, विश्वप्रकाश शर्माले पनि खाना खानुभएको छ, काँग्रेस, साझा विबेकशिल पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु, बिरोधको लागि बिरोध नगर्ने आग्रह गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend