सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेबिसंघको विवाद उत्कर्षमा,महामन्त्री समूहद्घारा महाधिवेशनको मिती घोषणा

नेबिसंघको विवाद उत्कर्षमा,महामन्त्री समूहद्घारा महाधिवेशनको मिती घोषणा

नेपाल बिद्यार्थीसंघका अध्यक्ष नैनसिंह महरको कार्यशैलीको असन्तुष्ट रहदै आएको महामन्त्री कुन्दन काफ्लेसहितको समूहले १२ औं महाधिवेशनको मिति नै घोषणा गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै काफ्ले समूहले आगामी साउन २३ देखि २५ गतेसम्म राजधानीमा महाधिवेशन गर्ने तय गरिएको बताएको छ ।

असन्तुष्ट समूहको असार २५ गते राजधानीको वाल्मीकि क्याम्पसमा बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष नैनसिंह महरले गरेका मनोनयन खारेज गर्ने देखि महाधिबेसन गर्ने सम्मका निर्णयहरु गरेको थियो । विधान बमोजिम रिक्त २२ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको मनोनयन केन्द्रीय समितिको बहुमत बाट निर्णय गरिने पनि बैठकले निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दियएको थियो ।

महामन्त्री काफ्ले समुहले आफुहरुसँग बहुमत केन्द्रिय सदस्य भएको दावी गर्दै महाधिबेसनबाट नयाँ नेतृत्व चयन गर्ने बताएको छ । पत्रकार सम्मेलनमा एक दर्जन केन्द्रिय सदस्यहरुको उपस्थिती रहेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend