बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रावि शिक्षकका लागि १३ हजारको आवेदन माग

प्रावि शिक्षकका लागि १३ हजारको आवेदन माग

 

 

काठमाडौँ पुष १४ । शिक्षक सेवा आयोगले एकैपटक १३ हजार प्राथमिक शिक्षकको पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।

आयोगले प्रदेशगत रुपमा १३ हजार ९३ पदमा विज्ञापन खुला गरेको हो। आवेदन दिनका लागि शिक्षक लाइसेन्स प्राप्त गरेका व्यक्तिले आउँदो माघ १३ गतेसम्म नियमित शुल्क ५०० रुपैयाँ तिरेर आवेदन दिन सक्नेछन्।

आयोगले माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने व्यवस्था मिलाएको छ। आवेदन अनलाइन माध्यमबाट दिन सकिने छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend