बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

शिक्षक सेवा आयोगले ठूलो मात्रामा खुलायो शिक्षकका लागि विज्ञापन

शिक्षक सेवा आयोगले ठूलो मात्रामा खुलायो शिक्षकका लागि विज्ञापन

 

काठमाडौँ २९ मंसिर । शिक्षक सेवा आयोगले ठूलो मात्रामा शिक्षकका लागि विज्ञापन खुलाएको छ । आयोगले माध्यमिक तहमा रिक्त रहेका १ हजार ५४४ शिक्षकको पदपूर्तिका लागि विज्ञापन खुलाएको हो ।

परीक्षा आगामी चैत १५ गते हुनेछ । इच्छुक आवेदकले आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्क तिरेर आवेदन फाराम भर्न सक्नेछन् ।

नेपाली, अंग्रजी, गणित, विज्ञान, सामाजिक अध्ययन लगायत विषयका शिक्षकको माग गरिएको हो । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend