जुन सरकार बने पनि वेरोजगार यूवाहरुलाई रोजगारी दिने आश्वासन सुरु हुन्छ । बिगत लामो समय देखी बिभिन्न सरकारले रोजगारीको कुरा गरे पनि नेपालमा बेरोजगारी हुने नेपालीको संख्या दिन प्रतिदिन बढदो छ । जसका कारण नेपाली यूवाहरु रोजगारीको खोजिमा विदेश जाने क्रम बर्षनी बढदो छ । जसको आकँडा वैदेशिक रोजगार बिभागको श्रम स्वीकृती लिनेको संख्या बार्टै प्रष्ट हुन्छ ।
यस्तै केपी ओली नेतृत्वमा सरकार बने संगै पानी जहाज, रेल र रोजगारी दिने कुरा अहिले निकै चर्चाको बिषय बनेको छ । संसदमा दैनिक जसो यसै कुरामा बढी समय खर्चिएको पाइन्छ । सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत आगामी वर्ष एक लाख युवालाई रोजगारी दिने दाबी गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशभरका ७५३ स्थानीय तहमा रोजगार सुचना केन्द्र स्थापनाको तयारी भइरहेको उनको भनाई छ । मन्त्रालयगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत रोजगारीको अवसरलाई आधारभुत तहसम्म पहुँच उनको भनाई छ ।
रोजगारी दिन नसके बेरोजगार भत्ता दिने संकेत श्रममन्त्री विष्टको छ । आगामी बर्षमा कम्तिमा १ लाख युवालाई रोजगारी दिने गरी सरकारले काम गरिरहेको मन्त्री विष्टले बताए । बैदेशिक रोजगारीमा जानेलाई सिप सिकाएर पठाउने तथा समग्र बैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउनेतर्फ सरकार सचेत रहेको उनको भनाई छ ।
रोजगार दाता र श्रमिकबीच असल सम्बन्ध र देशभित्र रोजगारीमा आकर्षण बढाउन साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्युनतम पारिश्रमिक निर्धारण गर्ने तयारी भइरहेको मन्त्री विष्टले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend