सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यस कारण रोक लगाइयो उपकुलपति कोइरालाको बिदेश भ्रमणः सरकारका प्रवक्ता

यस कारण रोक लगाइयो उपकुलपति कोइरालाको बिदेश भ्रमणः सरकारका प्रवक्ता

संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई बिदेश भ्रमण जा“दै गर्दा उनलाई सरकारले रोक लगाए पछि यो बिषय अहिले चर्चामा छ । उपकुलपति जस्तो व्यक्रित्वलाई किन अपमानित गरियो भन्ने जस्ता कुरा पनि चिया पसल देखी सडक सडकमा चर्चा परिचर्चा भईरहेको छ । उपकुलपति कोइरालाले आफुलाई राजनिती पूर्वाग्रह राखेर पर्काइएको दावी गरेका छन् ।

सरकारका प्रवक्ता सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारले निर्देशिका नै जारी गरेर आर्थिक अनुशासनको नीति लागू गरेको अवस्थामा टोली नै बनाएर बिदेश भ्रमण जान खोज्दा त्यस बारे बुझन बालुवाटार बोलाईएको उनको दावी छ । एउटा सानो कार्यक्रममा ६÷७ जना विदेश भ्रमणमा जाँदा राज्यलाई आर्थिक भार पर्ने मन्त्री बास्कोटाले बताए ।

सरकारी कर्मचारीहरुले अनावश्यकरुपमा विदेश भ्रमण गरेर आर्थिक अनुशासन तोडिरहेकोतर्फ संकेत गर्दै मन्त्री बास्कोटाले विदेशमा लाग्ने मेलाहरुमा जान पूर्णत रोक लगाइएको उनको भनाई छ । अनावश्यक रुपमा हुने विदेश भ्रमणमाथि रोक लगाएर सरकारले आर्थिक अनुशासन कायम गर्न खोज्दा यसलाई सकारात्मक रुपमा लिइदिन मन्त्री बास्कोटाले आग्रहसमेत गरे ।

मन्त्री बास्कोटाका अनुसार विदेश भ्रमण जानबाट रोकिएका उपकुलपति कोइराला पहिलो व्यक्ति होइन्न । यसअघि कृषि मन्त्रालयबाट ११ जना विदेश जान लागेका बेला ८ जनालाई घटाएर तीनजनाको मात्रै विदेश भ्रमण स्वीकृत गरिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend