सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दुई तिहाई बहुमतले पारित गर्दै प्रदेश ४ को नाम गण्डकी राखियो

दुई तिहाई बहुमतले पारित गर्दै प्रदेश ४ को नाम गण्डकी राखियो

प्रदेश नम्बर ४ को नाम के राख्ने भन्नेमा मतभेद भईरहेको बेला अन्तत नाम टुङगिएको छ । प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पास गरेको छ । प्रस्तावको पक्षमा ५४ मत परेको छ भने विपक्षीमा दुई मत खसेको बताईएको छ ।

सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् भने जनमोर्चाका सांसद टेकबहादुर घर्ती अनुपस्थित रहे । प्रदेशको स्थायी राजधानी यसअघि नै पोखरा तोकिएको छ । प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन प्रदेशसभाले समिति नै बनाएको थियो । नयाँ शक्ति पार्टीका सांसदहरुले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावको विपक्षमा मत दिएका गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend