सार्वजनिक स्थानमा प्रदर्शनमा रोक नलगाउन सर्वोच्च अदालतले माइतीघर मण्डला लगायत सार्वजनिक स्थानमा प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । स्थानीय प्रशासनले माइतीघर मण्डला लगायतका ठाउँमा प्रदर्शन गर्न नपाईने भन्दै निषेधाज्ञा जारी गरेको थियो ।
अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । यस विषयमा छलफलका लागि सरकार र रिट दायरकर्ता दुबै पक्षलाई असार २९ गते बोलाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend