सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रदेश प्रमुख हटाउने बिषयमा पछि हटदै सरकार

प्रदेश प्रमुख हटाउने बिषयमा पछि हटदै सरकार

सरकारले प्रदेश प्रमुख हटाउने मुख खोले संगै नेपाली कांग्रेस आक्रोषित छ । उसले प्रदेश प्रमुखलाई हटाईए आफुहरु चुप लागेर नबस्ने चेतावनी दिदै आएको छ । जसकारण गर्दा यो बिषय निकै नै तातेको देखिएको छ । भने बिस्तारै प्रदेश प्रमुख हटाउने आफ्नो निर्णयबाट सरकार तत्कालका लागि पछाडि हट्ने संकेत पनि देखिन थालेकोे छ ।

राजनीतिक स्रोतका अनुसार राष्ट्रपति विद्यादेवि भण्डारीले सत्तापक्ष र प्रतिपक्षबीच सिधै टकराव बढ्ने र यसले संसदको कामकारवाही प्रभावित हुन सक्ने भन्दै सरकारलाई आफ्नो निर्णय कार्यन्वयनमा पुर्नविचार सुझाव दिएकी छिन् । प्रदेश प्रमुखलाई हटाउँदा प्रदेश संसद् र प्रदेश सरकारको वैधानिकता माथि समेत प्रश्न उठ्ने भएपछि सरकार पछाडि हटेको बुझिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend