काठमाण्डौ । नेकपा एमालेको नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शपथग्रहण गरेका छन् । उनलाई निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले शपथ खुवाएका हुन् ।
अध्यक्ष ओलीले अरु पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ खुवाए । यसअघि सुब्बाले एमालेको अध्यक्षमा ओलीलाई विजयी घोषणा गरिएको थिए । ओलीसँग भीम रावल २२३ मत ल्याएर पराजित भएका थिए । कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८४० मत खसेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend